हाम्रो बारेमा

गौरादह उद्योग वाणिज्य संघ (GCCI) झापा जिल्लाको गौरादह नगरपालिकामा २०७३ सालमा स्थापित एक अग्रणी व्यवसायिक संस्था हो। स्थापना कालदेखि नै, यस संघले स्थानीय उद्योगी, व्यवसायी तथा उद्यमशील व्यक्तिहरूलाई साझा मंच प्रदान गर्दै आएको छ। हाम्रो मुख्य उद्देश्य दिगो आर्थिक विकास, व्यवसायमैत्री वातावरणको प्रवर्द्धन, लगानी आकर्षण तथा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो।

संघले स्थापना भएदेखि नै गौरादह नगरलाई आर्थिक रूपले सबल बनाउने अभियानमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। साना तथा ठूला सबै प्रकारका उद्योग र व्यवसायलाई समेट्दै, यसले सदस्यहरूको अधिकार र हितको संरक्षण गर्ने मात्र नभई उद्यमशीलतालाई प्रोत्साहन गर्ने, सीप अभिवृद्धि गर्ने र नीति निर्माण तहमा व्यवसायीको आवाज बुलन्द गराउने कार्यमा सक्रिय छ।

Read More

श्री जित बहादुर कार्की

अध्यक्ष

अध्यक्षको सन्देश

आदरणीय सदस्यहरू, साझेदारहरू, उद्योगी व्यवसायी तथा शुभेच्छुक महानुभावहरू,

म गौरादह उद्योग वाणिज्य संघको अध्यक्षका हैसियतमा तपाईंहरू सबैप्रति हार्दिक अभिवादन प्रकट गर्न पाउँदा अत्यन्त हर्ष महसुस गर्दछु।

२०७३ सालमा स्थापना भएदेखि नै हाम्रो संघले गौरादहलाई आर्थिक तथा सामाजिक दृष्टिले सबल बनाउन योगदान दिँदै आएको छ। हामीले व्यवसायमैत्री वातावरण सिर्जना गर्न, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न, र उद्यमशीलतालाई नयाँ दिशा दिन निरन्तर प्रयास गरेका छौँ।

गौरादह नगर कृषिमा समृद्ध, वाणिज्यमा सक्षम र औद्योगिक सम्भावनाले भरिपूर्ण शहर हो। यी सम्भावनाहरूलाई व्यवस्थित रूपले उपयोग गर्दै, हामीले गौरादहलाई प्रदेश र मुलुककै प्रमुख व्यापारिक केन्द्रको रूपमा स्थापित गर्ने दृष्‍टि राखेका छौँ।

Read More

परिचय

उधमी ब्यबसायीहरुको हक हितको सम्बर्धन तथा उधोग ब्यबसायको प्रबर्धन गर्नु संघको उद्धेश्य रहेको छ, यसका अलावा संघले सामाजिक तथा सेवाका क्षेत्रमा आफ्ना बिबिध गतिविधिहरु संचालन गर्दै आइरहेको छ .

Information
  • Event
  • News
  • Press Release
  • Contact

सम्पर्क विवरण
ठेगाना: पृथ्वीपथ, धरान–१, सुनसरी जिल्ला, नेपाल

फोन: +९७७–२५–५२१८९३

इमेल: ccisdrn@yahoo.com

कार्यकारी सचिव: श्री पुरुषोत्तम दाहाल